प्रेम राई आइतबारबाट विदा बस्दै, गृहसचिवमा महेश्वर न्यौपानेको सम्भावना बलियो

प्रेम राई आइतबारबाट विदा बस्दै, गृहसचिवमा महेश्वर न्यौपानेको सम्भावना बलियो


काठमाडौं – गृहसचिव प्रेमकुमार राई आइतबारबाट बिदामा बस्ने भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले सचिव राईलाई आईतवार दिउंसो ३ बदे बिदाई गर्ने कार्यक्रम रहेको  छ । राईले आईतबारबाट लागू हुने गरी राजीनामा दिएकाे गृहस्रोतको दावी छ ।

राई उमेरहदका कारण अवकाश पाउँदैछन् । उनले गृह प्रशासन राम्रोसंग चलाएको चर्चा मन्त्रालयमा छ ।

सरकारले उनको ठाउँमा नयाँ गृहसचिव नियुक्त गर्ने तयारी गरेको छ । स्रोतकाअनुसार नयाँ गृहसचिवमा चार जनाको नाम चर्चा भए पनि महेश्वर न्यौपानेको प्रवल सम्भावना छ ।

त्यस्तै नेपाल प्रहरीमा इन्सपेक्टरदेखि डिआईजीसम्म रोकिएको बढुवाको विषयमा गृहमन्त्रालयमा छलफल चलिरहेको छ । रिक्त रहेको एक डिआईजी बढुवाका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादललाई दबाब दिँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले एसएसपी धीरजप्रताप सिंह र प्रचण्डले गणेश ऐरलाई बढुवा गर्न गर्न दबाब दिएका हुन् । डिआइजीको दरबन्दी एउटा मात्र भएका कारण सहमति जुट्न सकिरहेको छैन् । दुवै नेताका आ- आफनै उम्मेदवार भएका कारण गृहमन्त्री  बादल अफ्ठेरोमा परेका हुन् ।

डिआईजी बढुवाका लागि सहमति जुटेको खण्डमा प्रहरीमा रोकिएको इन्सपेक्टरदेखी डिआईजीसम्मको बढुवा सुचारू हुनेछ । यसमा सहमति बन्ने सम्भावना कम रहेको स्रोतले जानकारी दियो ।