एनआईसी एशियाका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट

एनआईसी एशियाका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइल बीच एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुंग ग्यालेक्सी एस १० तथ १० प्लस र ग्यालेक्सी नोट १० तथा १० प्लसको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार एन आई सी एशिया बैंकका ग्राहकहरुले बैंकको डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैङ्कङ्गि सेवा बैंकको आफ्नै पीओएस र क्युआर मा प्रयोग गरी सामसुंग ग्यालेक्सी एस १० तथा १० प्लस र ग्यालेक्सी नोट १० तथा १० प्लस खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम रु। ३ हजारसम्म छुट प्राप्त गर्न सकिनेछ ।

सम्झौतापत्र बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणय रत्न स्थापितले आदान प्रदान गरे । यही माघ १२ गतेदेखि फाल्गुण १६ गतेसम्म लागू हुने यो योजनाबाट बैंकका ग्राहक महानुभावहरुले अधिकतम लाभ लिन सक्नेछन् ।

बैंकले आफ्नो रणनीति अनुसार कार्ड तथा मोबाइल बैङ्कङ्गिबाट गरिने विद्युतिय भुक्तानीलाई अत्याधिक प्रबर्द्धन गर्दै आइरहेको छ । यसै अनुरुप बैंकको डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैङ्कङ्गि सेवाग्राहीहरुले यस बैंकको कार्ड तथा मोबाइल बैङ्कङ्गि सेवा प्रयोग गरि विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,०२५ भन्दा बढी मर्चेन्टहरुबाट १ प्रतिशत देखि ५० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त २०५ अस्पतालहरु, ६०० होटल, रिर्सोट तथा रेस्टुराा, ९०० रिटेल आउटलेट तथा ३२० विभिन्न सेवा तथा सामान विक्रि गर्ने स्थानहरुबाट ग्राहक महानुभावहरुले सजिलै प्राप्त गर्न सकिनेछ ।