नेपालमा एमसीसबारे नबुझेरै विरोध भयो, सरकार एक इन्च पनि झुक्दैनः मन्त्री ज्ञवाली

नेपालमा एमसीसबारे नबुझेरै विरोध भयो, सरकार एक इन्च पनि झुक्दैनः मन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अमेरिकी मिलिनियम च्यालैन्ज कर्पोरेशन (एमसीसी) बारे नबुझेरै नेपालमा विरोध भएको बताएका छन् ।

मंगलबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनमा बोल्दै उनले देशको हित विपरित सरकार एक इञ्‍च पनि नझुक्ने दाबी गरेका छन् ।

‘सरकार देशको हित विपरित एक इञ्‍च पनि झुक्दैन । नेपाली जनतालाई लाभ जेमा हुन्छ हामी त्यही अनुसार काम गर्छौं,’ ज्ञवालीले भने,‘कसैले पनि अनावश्यक टिकाटिप्पणी गरेर समय खेर फाल्नु हुँदैन् ।’

एमसीसीको विषयमा टुंगो लगाउने गरी तीन सदस्यीय समिति गठन भएको बताउँदै मन्त्री ज्ञवालीले अबको दश दिनमा सरकारले ठोस निर्णय गर्ने समेत उल्लेख गरे ।

सरकार सञ्चालनको दुई वर्ष पूरा हुन थालेको बताउँदै ज्ञवालीले जनतामा सरकारप्रति विश्वास बढेको दावी गरे ।