छिट्टै मिगौलाको प्रत्यारोपण गर्छु, तीन वर्ष सरकार मैले चलाउने होः प्रधानमन्त्री ओली

छिट्टै मिगौलाको प्रत्यारोपण गर्छु, तीन वर्ष सरकार मैले चलाउने होः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीलेछिट्टै मिगौलाको प्रत्यारोपण गर्ने बताएका छन् । मंगलवार साँझ बालुवाटारमा सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले बाँकी तीनवर्षको सरकारको कार्यकाल आफैंले पूरा गर्ने बताएका हुन् ।

‘म छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्दैछु । अलि सक्रिय भएर काम गर्नुपर्छ भन्ने योजनाका साथ ट्रान्सप्लान्ट गर्न लागेको छु । म तीन वर्ष पूरै कार्यकाल चलाउँछु,’ ओलीले भने ।

१३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले केही समययता मृगौलाको नियमित डायलासिस गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले अहिले विवादमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कुनै हालतमा अनुमोदन हुने बताए ।

‘एमसीसीबाट आउने रकम विकासको लागि हो, शंका गर्नु पर्दैन, सम्झौता उचित छ’ उनले भने, ‘सम्झौता गर्नेबेला छलफल नगर्ने, पछि गर्ने पुरानै रोग हो । सम्झौता खराब छैन ।’

प्रधानमन्त्री ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतामा प्रश्न नगर्न आग्रह गरे । ‘प्रेस स्वतन्त्रता पूर्ण हुन्छ, रत्तिभर शंका नगर्दा हुन्छ,’ उनले भने, ’तपाइहरू अरु बढी गर्नुहुन्छ । बलिङ गर्दा ब्याटिङ गरेको मात्र हो । धेरै टाउको दुखाउनु पर्दैन ।’

ओलीले अगाडि थपे, ‘म असिहष्णु भएँ होला, तपाईंहरू पनि त सहिष्णु देखिनुभएन । १४ वर्ष जेल बसेको मान्छे स्वतन्त्रताको अभाव कस्तो हुन्छ भन्ने मैले बुझेको छु ।’

प्रधानमन्त्री ओलीले कठीन परिस्थितिमा काम गरेको भन्दै केही गल्ती गरेको भए क्षमाप्राथी रहेको बताए । ‘कुनैपनि निर्णय गर्दा मिडिया, प्रतिपक्ष र दवाव समूहलाई सम्झिन्छु । सबैलाई सम्झेर काम गर्छु । यो कुरा बुझ्दिनु पर्यो,’ उनले भने ।

प्रधानमन्त्रीनिवास बालुवाटार नजिकैको ललिता निवास प्रकरणमा ओलीले दोषीमाथि सीबीआइ र अख्तियार कारवाही गर्ने बताए ।

‘ललितानिवासको जग्गा सरकारले खोजी गर्दैछ । २०६१ सालमा भएको निर्णय अहिले सरकारले खोजेको हो । जो(जो दोषी देखिन्छ, अख्तियारले मुद्दा लगाउँछ,’ उनले भने ।

लालपूर्जा सही भएपछि जग्गा किनेको व्यक्तिलाई दोषी किटान गर्न नमिल्ने उनले बताए ।

‘ललितानिवासको घटना बाहिर आएपछि मैले बालकोटको जग्गा सही छ कि छैन भनेर हेर्न पठाएँ, धन्य सही रहेछ,’ उनले भने, ’अरुको जग्गा पनि गलत परेको हुन सक्छ ।’