राष्ट्रपति भण्डारीलाई जापानी प्रधानमन्त्रीकाे बधाई


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हालेकोमा जापानका प्रधानमन्त्री सिन्जो आबेले हार्दिक बधाई ज्ञापन गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाएको बधाई सन्देशमा नयाँ संविधानअनुसार तीन चरणका निर्वाचन सम्पन्न भई लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा नेपालले गरेको प्रगतिको सराहना समेत गरेका छन् ।

भूकम्पपछिको पुनःनिर्माणमा जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री आबेले जापान–नेपाल मैत्रीलाई थप सुदृढ तुल्याउन सक्रिय रुपमा सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement