काठमाडौं – समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा क्लिन चिट पाएपछि असहज महशुस गरेको बताएका छन् ।
बालुवाटारस्थित ललिता निवास भ्रष्टाचार काण्डमा उनी समेत मुछिएको खबर सार्वजनिक भएपछि अध्यक्ष भट्टराईले बिहीबार सामाजिक सञ्जालमार्फत् उनले मन्त्री दोषी हुने तर, प्रधानमन्त्री निर्दोष भएकाले केही त्रुटी भएको बताएका छन् ।
दोषीलाई छोड्ने र निर्दोषलाई फसाउने काम नहोस् भन्दै बाबुरामले उपदेशमार्फत् आफू निलकण्ठ बन्न तयार भएको बताएका छन् ।
‘मैले पनि असहजता महसूस गरेको छु । सुर÷असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु’, उनले भनेका छन्, ‘तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्!वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस् ।’
उनले देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुनिआको प्रयत्न स्वागतयोग्य रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘तर प्रथमदृष्टिया यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ । हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ।मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा…’




प्रतिक्रिया