सप्तरीमा मेयरले कुटाइ खाएपछि स्थानीय तह बन्द !

सप्तरीमा मेयरले कुटाइ खाएपछि स्थानीय तह बन्द !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज – सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहमाथि हातपात भएको विरोधमा बिहीबार जिल्लाका सबै स्थानीय तहले सेवा प्रवाह बन्द गरेका छन् ।

डाक्नेश्वरी ५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाने क्रममा बाटोमै केही व्यक्तिहरुको समूहले मंगलबार मेयर साहसहित कर्मचारीलाई रोकेर हातपात गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिए ।

मेयर साहले डाक्नेश्वरी नगरपालिका ५ का अमरेन्द्र यादव, अर्जुन यादव, महेश्वरप्रसाद यादव, वडानम्बर ३ बस्ने राजीवकुमार राय, ज्योतिषकुमार राय, वडानम्बर ७ बस्ने गजेन्द्रप्रसाद साहलगायतका व्यक्तिले हेलमेट, बाँसको भाटा लिएर आफूसहित गाडीमा रहेका कर्मचारीमाथि हमला गरेको बताएका छन् ।

मेयरमाथि हातपात गर्ने व्यक्तिलाई बिहीबार कारवाही प्रक्रिया अगाडि नबढाए लगातार स्थानीय तह बन्द गरिने जिल्ला समन्वय समितिका प्रमुख यादवले बताए ।