काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणमा संलग्न रहेको भन्दै १० जनाविरुद्ध किटानी जाहेरी परेको छ ।
बिहीबार कुमारकी आमा ७० वर्षीय दुर्गादेवी पौडेलले तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी प्रमुख एसपी गोपाल भट्टराईसहित १० जनाका नाममा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी दर्ता गरेकी हुन् ।
२ नम्बर प्रदेशका प्रहरी प्रमुख हरिबहादुर पाल, बागमती नगरपालिका मेयर भरतबहादुर थापालाई पनि विपक्षी बनाइएको छ । गत असार ५ गते प्रहरीको गोली लागेर कुमार पौडेलको मृत्यु भएको थियो ।
प्रहरीले भने दोहोरो गोली हानाहानमा पौडेलको मृत्यु भएको बताएको थियो । उनको दलसहित कतिपयले पौडेललाई नियन्त्रणमा लिएर मारिएको दाबी गरेका छन् ।
यता, राष्ट्रिय मानव अधिकार आयोगले पनि पौडेलको हत्या भएको निष्कर्षसहित आदेश दिने र आदेश पालना गर्नेमाथि कारवाही अगाडि बढाउन सिफारिस गरेको थियो ।





प्रतिक्रिया