नेपालले दियो चीनलाई १ लाख थान ‘प्रोटेक्टिभ मास्क’

नेपालले दियो चीनलाई १ लाख थान ‘प्रोटेक्टिभ मास्क’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीसँग जुधिरहेको चीनलाई नेपालले १ लाख मास्क हस्तान्तरण गरेको छ ।

शुक्रबार परराष्ट्रमन्त्रालयमा आयोजित सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीलाई १ लाख थान प्रोटेक्टिभ मास्क हस्तान्तरण गरेका हुन् ।

बिहीबार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिवहरु लगायत सुरक्षा निकायका प्रमुखसहितको बैठकले नोवल कोरोना भाइरसँग जुधिरहेको चीनलाई १ लाखको संख्यामा प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको कारण चीनमा ६ सय ३८ जनाको मृत्यु भैसकेको छ भने ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार बिहान दिएको जानकारीअनुसार अहिलेसम्म कोरोनाको संक्रमणबाट चीनमा मात्रै ६३६ जनाको मृत्यु भइसकेको छ । चीनबाहेक हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ ।