नेकपाले सातै प्रदेशमा भेला गर्ने, ओली र प्रचण्डको विशेष सम्बोधन

नेकपाले सातै प्रदेशमा भेला गर्ने, ओली र प्रचण्डको विशेष सम्बोधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशमा बैठक तथा भेलाबाट गर्ने भएको छ ।

अभियानका लागि नेकपाले प्रमुख नेताहरुलाई जिम्मेवारी तोकेको छ भने सातै प्रदेशका भेलामा दुबै अध्यक्ष आउने गरी प्रदेशलाई सूचित गरिएको छ ।

प्रधानमन्त्री रहेका अध्यक्ष केपी ओली स्वास्थ्यका कारण सबै कार्यक्रममा जान सम्भव नभए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सबै कायक्रममा सहभागी हुने तयारी छ ।

केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालकाअनुसार बरिष्ठ नेता माधवकुमार नेपाल प्रदेश दुई र बागमती, अर्का बरिष्ठ नेता झलनाथ खनाल गण्डकी र कर्णाली, उपाध्यक्ष वामदेव गौतम प्रदेश दुई र सुदूरपश्चिम, प्रवक्ता नारायणकाजी श्रेष्ठ गण्डकी र कर्णाली, सचिवालय सदस्य ईश्वर पोखरेल प्रदेश दुई र वागमती, सचिवालय सदस्य रामबहादुर थापा प्रदेश एक र पाँच तथा महासचिव विष्णु पौडेल प्रदेश एक र पाँचमा प्रमुख वक्ताका रुपमा सहभागी हुने सचिवालयले जानकारी दिएको छ ।

नेकपाले फागुन ४ र ५ गते प्रदेश पाँच, फागुन ६ र ७ गते कर्णाली, फागुन ९ र १० गते प्रदेश दुई, फागुन १२ र १३ गते गण्डकी र फागुन १५ र १६ गते वागमती, फागुन १८ र १९ गते सुदूरपश्चिम र फागुन २० र २१ गते प्रदेश एकमा प्रदेश कमिटीका बैठक तथा भेलाहरु आयोजना गर्दैछ ।

पार्टी एकतापछि केन्द्रीय योजना अनुसार बृहत् कार्यकर्ता भेला र प्रशिक्षण हुन लागेको पहिलो पटक हो ।

केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी एकतालाई बलियो र प्रभावकारी बनाउन नेताहरुले अगुवा कार्यकर्तालाई एउटै ठाउँमा राखेर प्रशिक्षित गर्दा विषयवस्तु बुझ्न र एउटै धारणा बनाउन मद्दत मिल्ने बताए ।

‘अब यस्तै भेला तथा प्रशिक्षणहरु तल्लो तहसम्म भएपछि कार्यकर्तालाई व्यावहारिक रुपमा एकताको अनुभूति हुनेछ’, रिजालले भने, ‘अध्यक्ष केपी ओलीज्यू केही प्रदेशमा मात्र जानुहुन्छ भने पुष्पकमल दाहाल प्रचण्डज्यू सातै प्रदेशमा सम्बोधन गर्ने कार्यक्रम छ ।’