काठमाडौं – सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले श्रीमतीलाई फूल उपहार दिएर भ्यालेन्टाइन डे (प्रेम दिवश) मनाएका छन् ।
आज अर्थात (फेब्रअरी १४ तारिख) मा मनाइने भ्यालेनटाइन डे मा गौतमले श्रीमती तुलसा थापालाई गुलाफको फूल उपहार दिएर दिवश मनाएका हुन् ।
गौतमका छोरा हरिश गौतमले आफ्नो फेसबुकमा ‘रोमान्टिक बाबाआमाको अगाडि हामी त फिक्का’ भन्दै बाबुले आमालाई फूल दिइरहेको तस्बिर पोस्ट गरेका छन् ।
हरिशले पोस्ट गरेको तस्बिरमा उपाध्यक्ष गौतमले श्रीमती तुलसालाई घुँडा टेकेर गुलाफको फूल दिएका छन् । छोराले पनि श्रीमतीलाई फूल दिएर भ्यालेन्टाइन डे मनाएका छन् ।





प्रतिक्रिया