काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको धरातलीय यथार्थलाई मध्यनजर गर्दा राप्रपाले बोकेको नीति, विचार र मार्गचित्र उपयुक्त देखिएको बताएका छन् । कांग्रेस, कम्युनिस्टले अवसर पाएर पनि केही गर्न नसकेकाले यिनको विकल्पमा राप्रपालाई स्थापित गराउनुपर्ने उनले बताएका हुन् । ।
काठमाडौं -५ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा थापाले भने, ‘विगतको गल्ती त्रुटि कमजोरीलाई सुधारेर अब राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शवादी पार्टी बनाउँछौं ।’हामीले तातै खाऔं भनेर अलि हतार गर्यौं, सरकारमा गएको आलोचना भयो, जनताले मन पराएनन्,’।




प्रतिक्रिया