सुन तस्करीलाई निमिट्टान्न पारियो, ३६ सय किमी सडक कालोपत्रः प्रधानमन्त्री ओली

सुन तस्करीलाई निमिट्टान्न पारियो, ३६ सय किमी सडक कालोपत्रः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कार्यान्वयनले ५ वर्षपछि नेपालको वैदेशिक व्यापार र ऊर्जा उपयोगको तस्वीर बदलिने बताएका छन् ।

शनिवार प्रतिनिधिसभा बैठकमा सरकारका २ वर्षे कामको उपलब्धि सुनाउने क्रममा ओलीले एमसीसी कार्यान्वयनको प्रतिबद्धता दोहोर्‍याका हुन् ।

‘एमसीसी अन्तर्राष्ट्रिय दीर्घकालीन महत्त्वको आयोजना मात्र नभइ ऊर्जा व्यापारको लागि कोशेढुङ्गा सावित हुनेछ । राष्ट्रिय गौरवको आयोजनाको हैसियतमा ५ वर्ष पूरा भइसक्दा वैदेशिक व्यापार ऊर्जा उपयोगको तस्वीर बदलिने छ,’ प्रधानमन्त्री ओलीले भने ।

ओलीले नेपालमा टुकी र दियालो युग सधैंका लागि अन्त्य भएको बताए । ओलीले सडक कालोपत्रलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्रीले प्रतिदिन छ किलोमिटरका दरले सडक कालोपत्र भइरहेको जानकारी दिए ।

‘प्रतिदिन करिब छ किमी सडक कालोपत्र भइरहेको छ । सरकार बनेपछि तीन हजार छ सय ३६ किमी सडक कालोपत्र भएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

तीन हजार किमीभन्दा बढी सडक गाभ्रेल भएको उनले बताए । सरकार बनेपछि तीन सय २५ वटा पुल निर्माण भएको प्रधानमन्त्रीको भनाइ छ । यो चालु आर्थिक वर्षमा मात्रै ४१ पुल बनेको प्रधानमन्त्री ओलीले बताए ।

ओलीले संविधानको स्वीकार्यतामा अब समस्या नरहेको बताएका छन् । उनले संविधानको स्वीकार्यता बढेको बताए ।

संविधान जारी गर्दा असहमति राखेका मधेस केन्द्रित दलतर्फ लक्षित गर्दै उनले संविधानलाई उनीहरुले पनि स्विकारिसकेको बताए ।

५५ वटा नयाँ कानुन निर्माण भएको र २०१ वटा ऐन संशोधन गरिएको उनले जानकारी दिए । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

ओलीले सुन तस्करीलाई पक्राउ गरेर कारबाही गरिएको बताएका छन् । सुन तस्करी तहसनहस बनाइएको दाबी प्रधानमन्त्रीको छ । प्रधानमन्त्रीले सुन तस्करी निमिट्टान्न बनाइएको उनले बताए।

तस्करीमा संलग्नहरू जेलमा रहेको उनले बताए । ‘मझेरीदेखि जंगलसम्म सुन लुकाउनेलाई कारबाही गरिएको छ,’ उनले भने ।