काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाडीको सिसा खोलेर सोह्रखुट्टेदेखि बालाजुसम्म पुग्न चुनौती दिएकी छन् ।
शनिवार प्रतिनिधिसभा बैठकका प्रधानमन्त्री ओलीको सम्बोधन पछिको प्रश्नोत्तरका क्रममा सांसद शाहीले बाटो कालोपत्रे भइरहेको भन्ने प्रधानमन्त्रीको दाबीप्रति प्रतिप्रश्न गरेकी हुन् ।
‘प्रधानमन्त्रीले सडक कालोपत्रे भइसकेको भन्नुभयो । प्रधानमन्त्रीज्यू, सोह्रखुट्टेदेखि बालाजुसम्म गाडीको सिसा खोलेर हेरिदिनुहुन्थ्यो कि ?’ उनले प्रश्न गरिन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले ३६ सय किलोमिटर सडक दैनिक सरदर ६ किलोमिटर सडक कालोपत्रे भइरहेको बताएका थिए ।
सांसद शाहीको प्रश्नको जवाफ दिँदै पंधानमन्त्री अोलीले सोह्रखुट्टेमा भएका खाल्डाखुल्डी सरकारले पुर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।




प्रतिक्रिया