काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) झापा पुगेका छन् । गृहनगर दमकमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा पुगेका हुन् ।
आइतबार मध्याह्नदेखि अपराह्नसम्म प्रधानमन्त्री ओली गृहनगर दमकका विभिन्न शिलन्यास र उद्घाटनका कार्यक्रममा व्यस्त हुने ओलीको सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले दमक–४ मा कृष्णमन्दिर, बेलडाँगी सडक उद्घाटन गर्ने र त्यस लगत्तै दमक–३ र मोरङ्को मिक्लाजुङ् जोड्ने स्थानमा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
योजनाको उद्घाटनपछि उनी झापाबाट ईलाम र पाँचथर जोड्ने दमक–चिसोपानी–रवि सडकको शिलन्यासका लागि दमक–२ पुग्ने छन् ।
आजै उनले दमक–२ को बेलडाँगीमा आयोजीत सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया