काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध परेको बलात्कारसम्बन्धी मुद्दाको आज (सोमबार) फैसला सुनाइने भएको छ । काठमाडौं जिल्ला अदालतले आज मुद्दाको फैसला गर्ने भएको हो ।
अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराविरुद्ध मुद्दाको सुनुवाइ आइतबारै सकिएको थियो ।
महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए। सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए ।
महराविरुद्ध करणी प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको छ ।




प्रतिक्रिया