पोखराविरुद्ध जितनजिक पुग्यो विराटनगर

पोखराविरुद्ध जितनजिक पुग्यो विराटनगर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले दिएको १३३ रनको लक्ष्य पछ्याइरहेको विराटनगर किङ्स जितनजिक पुगेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा १६.२ ओभरमा विराटनगरले ६ विकेट गुमाएर १२२ रन बनाएको छ। उसलाई जितका लागि २२ बलमा ११ रन चाहिएको छ।

शेहान जयसूर्या १० बलमा १२ र बसिर अहमद ३७ बलमा ३७ रन बनाएर क्रिजमा छन्। जयसूर्याले लगातार दुई चौका प्रहार गरेपछि विराटनगरले १६औँ ओभरमा १२ रन जोडेको थियो। पोखराका रमेश मेन्डिसले दुई तथा कुशल भुर्तेलले एक विकेट लिएका छन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटिएको थियो। युवराज सामराले ४७ बलमा सात चौका र पाँच छक्कासहित सर्वाधिक ८४ रन बनाए। धनञ्जय लक्षनले २२ र सन्नी विकले १२ रन जोडे।

विराटनगरका कप्तान सन्दीप लामिछानेले चार ओभरमा २७ रन दिँदै ६ विकेट लिए। उनले युवराज सामरासहित लगातार तीन बलमा सन्नी विक र किरण ठगुन्नालाई आउट गर्दै जारी एनपीएलको पहिलो ह्याट्रिक पूरा गरे। रुपेश सिंह, एन्जेलो म्याथ्युज र चरिथ असलंकाले एक–एक विकेट लिए।