आज भोली मेरो परिचय वदल्ने गरेको छु


 

यहाँ धेरैले चिन्दैनन् मलाई मेरो प्यारो गाउँ पाल्पा पोखराथोक
पुर्खाको शान, मान अनि विशाल माडीफाँट ।।
बाहुन, क्षेत्री, कामी, दमाई, पहाडे, मधेशी अनि तामाङ्ग
यहाँ त मैले चिनाउने गरेको छु , वीर गोर्खालीको नाम खुकुरीको शान
उनीहरुको सोझोपना, कर्तव्यनिष्ठा ,ईमान्दारिता अनि जुझारु लडाकुको मान ।।

संसारमै स्थापित भईसकेको ति महान् वीर गोर्खालीको वयान
कालापानी, नालापानी, मलाययुद्ध अनि फकल्याण्डको युद्धमा
व्रिटिश साम्राज्यको दौरानमा वीर गोर्खालीले आर्जेको भिक्टोरिया क्रश,शान अनि मान ।।

अक्सर जोड्ने गरेको छु , गोर्खालीको नामै सुन्दा मुटु धड्कने
बर्नाड साह जस्ता प्रसिद्ध शासकको उक्तिलाई
भन्ने गरेको छु मेरो साख्यै आफ्नो पुर्खाहरु हुन् भनेर
यसैमा गर्भ र शानको अनुभूति हुन्छ तिनै वीरको सन्तान म नेपाली हुँ भनेर ।।
आज भोली मेरो परिचय बदलिएको छ।।

खुकुरी, नेपाली झण्डा सहित कालो भादगाउँले टोपीमा सजिने गरेको छु ।।
शान्तीको दुत बुद्ध जन्मेको देश, सगरमाथाको फेदीको गाउँ, भृकुटी , सीता अनि पासाङ्लामु
जस्ता चेलीहरु आफ्नै पुर्खा हुन् भन्ने गरेको छु ।।

सयौं देशका शान्ती सेना, पर्यवेक्षक सहभागीहरु माझमा गौरवमय ईतिहास रच्ने
ति वीर कर्मयोद्धा गोर्खालीको बहादुरी संग आफ्नो परिचय साट्ने गरेको छु ।।
आज भोली मेरो परिचय वदल्ने गरेको छु
सुन्दर, शान्त र समृद्ध नेपालमा आफ्नो भविष्य देख्ने गरेको छु ।।
यु.एन.पिस किपिङ्ग मिशन
जुवा , दक्षिण सुडान

प्रतिक्रिया दिनुहोस
Advertisement