काँग्रेस गण्डकी प्रदेश भेला आज पोखरामा

काँग्रेस गण्डकी प्रदेश भेला आज पोखरामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डू, ३१ वैशाख– नेपाली कांग्रेसको गण्डकी प्रदेश स्तरीय भेला बिहीबार पोखरामा हुँदैछ ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने दुई दिने भेला हुन लागेको छ । प्रतिष्ठानले सातवटै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला गर्ने बताएको छ ।
यसअघि सुदूरपश्चिमस्तरीय भेला गत २६ र २७ वैशाखमा धनगढी र २८ र २९ वैशाखमा कर्णाली प्रदेश स्तरीय भेला सुर्खेतमा सम्पन्न भइसकेका छन् ।
४ र ५ जेठमा बागमती प्रदेशको भेला धुलिखेल, ६ र ७ जेठमा मधेश प्रदेशको भेला महोत्तरीको बर्दिवास तथा ८ र ९ जेठमा
कोशी प्रदेशको भेला सुनसरीको लौकीमा हुनेछ । अन्तिममा लुम्बिनी प्रदेश भेला १४ र १५ जेठमा रुपन्देहीको तिलोत्तमामा तोकिएको छ ।