मन्त्री पुनद्वारा मौसम विभागकाे अवलाेकन भ्रमण, क्षेत्र विस्तारमा जाेड


काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मंगलबार जल तथा माैसम विज्ञान विभागकाे अवलाेकन भ्रमण गरेका छन् । जलवायु तथा माैसम पूर्वानुमानका क्षेत्रमा भइरहेका कामलार्इ थप विस्तार गर्ने उद्देश्यले भ्रमण भएकाे हाे ।

भ्रमणका क्रममा उनले मुस्ताङको जोमसोम र हुम्लाकाे सिमिकाेटमा मौसम पूर्वानुमान केन्द्र स्थापना गर्न निर्देशन दिए । यसअघि देशका ५ विकास क्षेत्रमा पूर्वानुमान शाखा थिए । यसकाे क्षेत्र विस्तार गर्दै निजी क्षेत्रसमेत सहभागी हुने गरी काम गर्न पनि मन्त्री पुनले अाग्रह गरे । केन्द्र राख्न आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न सरकार तयार रहेको पनि उनले बताए ।

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले यसको व्यवस्था तथा सुरक्षा उपाय अपनाउन पनि केन्द्र जरुरी रहेको मन्त्री पुनको भनाइ छ ।  विभागले २०२५ सालदेखि माैसम पूर्वानुमानकाे काम गर्दै अाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement