प्रधानमन्त्रीको प्रमुख स्वकिय सचिवमा भानु देउवा नियुक्त


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रमुख स्वकीय सचिवमा आफ्नै भतिजा भानु देउवालाई नियुक्त गरेका छन् । मन्त्रिपरीषद विस्तार र सचिवालय समेत व्यवस्थित गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएपछि मंगलवार यसअघि स्वकीय सचिव रहेका देउवालाई उनले प्रमुख स्वकिय सचिवमा नियुक्त गरेका हुन । कांग्रेस सभापति समेत रहेका देउवाले मंगलबारै विरेन्द्र थापालाई स्वकीय सचिव नियुक्त गरेका छन् ।

यसअघि प्रधानमन्त्री देउवाले अधिवक्ता केशव जोशीलाई स्वकीय नियुक्त गरेका थिए । यसअघि प्रधानमन्त्रीले पत्रकार गोविन्द परियारलाई वरिष्ठ संचार विज्ञको रुपमा र  दिनेश भट्टराईलाई परराष्ट्र सल्लाहकार नियुक्त गरीसकेका छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement