प्रधानसेनापतिबाट लिम्बुलाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान


काठमाण्डौ– नेपाली सेनाका सहायकरथी कमेन्द्र बिक्रम लिम्बुलाई दज्र्यानी चिन्ह प्रदान गरीएको छ । मन्त्रीपरिषद्को असार २९ मा वसेको वैठकले उपरथीमा सैनिक इन्टेलिजेन्स महानिर्देशनालयमा कार्यरत सहायक रथी कर्मेन्द्र बिक्रम लिम्बुलाई उपरथीमा पदोन्नती गर्ने निर्णय गरेको थियो ।

लिम्वुसंगै उपरथी दर्जामा बढुवा भएका सहायकरथी शिवराम खरेल बिशेष कारणले उपस्थित हुन नसकेको र  सहायकरथी ईश्वर हमाल हाल विदेशमा भएकाले दुवै जनालाई उपरथी दर्जाको दज्र्यानी चिन्ह पछि प्रदान गर्न व्यवस्था मिलाईएको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।

उपरथीमा बढुवा भएका लिम्बुलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा दज्र्यानि चिन्ह प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement