परराष्ट्रमन्त्री महरासंग नर्वेजियन राजदूतले भेटे


काठमाण्डौ– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि नर्वेजियन राजदूत जिल टोर्मोड पेटरसनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्विपक्षीय हित तथा लगानीका विषयमा छलफल भएको छ ।  उपप्रधानमन्त्री महराका प्रेस सल्लाहकार हरि लामिछानेकाअनुसार भेटमा महराले नेपाल र नर्वेबीच रही आएको सम्बन्ध आगामी दिनमा थप घनिष्ठ बन्दै जाने बताएका थिए ।

भेटमा महराले नेपालको शान्ति प्रक्रिया तथा भूकम्पका समयमा नर्वेले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै ऊर्जा क्षेत्रमा उपलब्ध सहयोग तथा लगानीलाई थप विस्तार गर्न आग्रह गरेका थिए । “संक्रमणकालको अन्त्यसँगै नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै गएको छ, यसलाई थप विस्तार गर्नुहोस् ।” महराले राजदुतसंगको भेटमा भने ।
सो अवसरमा नेर्वेका राजदूत पेटरसनले आफ्नो चार वर्षे कार्यकाल सकी फर्कन लागेको जाकारी गराउँदै अगामी दिनमा दुई देशबीचको सम्बन्धमा जनस्तरसम्म प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।  

आफूहरुले ऊर्जा क्षेत्रको लगानीलाई थप विस्तार गर्न चाहेको भन्दै उनले नर्वेले गर्दै आएको आर्थिक, सामाजिक र प्रजातान्त्रिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement