काठमाण्डु– प्रमुख प्रतिपक्षी काँग्रेस सांसद अभिषेकप्रताप शाहले नेपालले पनि भारतीय जमिन अतिक्रमण गरेको भन्ने अभिव्यक्तिप्रति प्रधानमन्त्री बालेन्द्र शाहले माफी नमागेसम्म प्रतिनिधिसभा बैठकको कारबाही अघि बढ्न नसक्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले बालेनको अभिव्यक्तिले राष्ट्रिय सुरक्षामा प्रश्न उठाएको बताए ।
प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण र आपत्तिजनक रहेकाले उनले सदन समक्ष माफी माग्नुपर्ने उनको भनाइ थियो ।
‘१७ गतेको संसदमा प्रधानमन्त्रीले नेपालले पनि कतिपय स्थामना भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्त दिनुभएको थियो । त्यो अभिव्यक्ति अत्यन्त त्रुणिपूर्ण र आपत्तिजनक ठहर गरियोस’, उनले भने, ‘यदि उहाँले तयारी नगरी अभिव्यक्ति दिएको भए चिन्ताजनक विषय हो । तर, सोचे सम्झेरै यो अभिव्यक्ति दिनुभएको हो भने खतरनाक हुन सक्छ ।’
भगवान गौतमबुद्धको पावन भूमि नेपालले विश्वास शान्ति र सह–अस्तित्वको सन्देश दिँदै आएको भन्दै शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने भनाइले विश्वभर गलत सन्देश प्रवाह भएको उल्लेख गरे ।
‘यो भनाइमा नेपाली काँग्रेसको कडा आपत्ति छ । उहाँले सदनमा आएर माफी माग्नुपर्छ, त्यतिबेलासम्म संसद सुचारु हुन सक्दैन’, शाहले भने ।




प्रतिक्रिया