रास्वपा पंक्ति र सांसदहरु नै देशविरुद्ध प्रमाण खोज्दै हिंडेको खुश्बुको आरोप

रास्वपा पंक्ति र सांसदहरु नै देशविरुद्ध प्रमाण खोज्दै हिंडेको खुश्बुको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलकी प्रमुख सचेतक खुस्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता कार्यकर्ता देशविरुद्ध प्रमाण खोज्दै हिंडेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभा बैठकमा मंगलबार उनले आफ्ना नेताको गलत अभिव्यक्तिको बचाउ गर्ने नाममा देशविरुद्ध काम नगर्न चेतावनी दिइन् ।

नेपालले भारतीय भूमि अतिक्रमण गरेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिको बचाउमा उत्रिएका रास्वपा पंक्तिले नेपालको राष्ट्रिय दाबी कमजोर पार्ने काम गरिरहेको टिप्पणी उनको थियो ।

‘हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिंडिराखेको छन् । यो भन्दा दुःखद केही हुन्छ जस्तो लाग्दैन’, उनले भनिन्, ‘ आजभोलि केही मानिसहरू आफ्ना नेताले जे भन्यो त्यो सही सावित गर्न देशकैविरूद्ध प्रमाण खोज्न दौडिराखेका छन् । नेताको एउटा अभिव्यक्तिलाई जोगाउन आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन ।’


ओलीले रास्वपाका सांसदरु नै देशविरुद्ध प्रमाण खोजेर हिंडेको भन्दै त्यस्ता गतिविधि रोक्न माग गरिन् ।

‘सम्मानीत सदननका माननीयज्यूहरुले यस प्रकारका गतिविधि नगर्न आग्रह गर्न चाहन्छु’, ओलीले भनिन्, ‘नेता पूजा, व्यक्ति पूजा यति खतरनाक हुन्छ कि एक दिन मानिसले आफ्नो नेताको बचाउ गर्दा गर्दा आफ्नो देशको पक्ष छोडेको यहाँहरुलाई स्मरण पनि रहँदैन ।’


ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक, कानूनी र राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यत्न गम्भीर भएको बताइन् ।
प्रधानमन्त्री व्यक्ति नभई संस्था भएकाले राजकीय संस्थाबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढेको उनको भनाइ थियो ।

‘यसलाई भइहाल्यो, सामान्य विषय हो । उहाँको आशय अर्को हो । भनेर टार्न मिल्ने खालको विषय होइन । अन्तर्राष्ट्रिय काूनका अनुसार राज्यका आधिकारिक अभिव्यक्तिहरु पछि अस्वीकार गर्न कठिन हुनछन् । जसले राष्ट्रिय दाबी कमजोर पार्न सक्छ’, उनले भनिन्, ‘यस्ता संवेदनशील विषयमा सार्वजनिक पदाधकिारीले अत्यन्त सावधानी, जिम्मेवारीबोध र कुटनीतिक परिपक्वतासहित भाषा प्रयोग गर्नपर्ने अनिवार्य हुन्छ । किनभने यसले देशको अन्तराष्ट्रिय छवि । हितलाई हानी गर्न सक्छ ।’