बालेनको विरोधमा बोल्ने रास्वपा सांसदलाई भीमार्जुनको प्रश्नः सरकार बदल्ने तागत तपार्ईसँगै छ, किन त्यो गर्नुहुन्न ?

बालेनको विरोधमा बोल्ने रास्वपा सांसदलाई भीमार्जुनको प्रश्नः सरकार बदल्ने तागत तपार्ईसँगै छ, किन त्यो गर्नुहुन्न ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले आफ्नै सरकारका कामकारबाहीमाथि प्रश्न उठाउन थालेको भन्दै उनीहरूप्रति नै गम्भीर प्रश्न गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आचार्यले सरकारप्रति असन्तुष्टि भए त्यसलाई सच्याउने वा परिवर्तन गर्ने राजनीतिक सामर्थ्य सत्तारूढ दलका नेताहरूसँगै रहेको बताए ।

आफैंले जन्माएको सरकार संसद्, संविधान, दल र जनताप्रति जवाफदेही नभएको महसुस भएको हो भने त्यसविरुद्ध प्रश्न उठाउने मात्रै नभई विकल्पमा आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ थियो ।

‘आफैले जन्माएको सरकारलाई संसद्, संविधान, दल, जनता कसैप्रति पनि जवाफदेही नभएको देख्न थाल्नु भएको हो र यसका कामकारबाहीमा साँच्चै असन्तुष्ट हुनु भएको हो भने यसलाई बदल्ने तागत तपाईंसँगै छ, किन त्यसो गर्न सक्नुहुन्न ? आचार्यले प्रश्न गरेका छन् ।


उनले सत्तापक्षमै रहेर सरकारको आलोचना गर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाएका छन् । सत्तापक्ष र प्रतिपक्ष दुवैको भूमिका आफैं निर्वाह गर्ने प्रवृत्तिले राजनीतिक प्रणाली र संस्थागत मूल्यलाई कमजोर बनाउने टिप्पणी आचार्यको छ ।


‘सत्ता पक्ष र प्रतिपक्ष दुवै आफैं हुने तमासा किन देखाउनुहुन्छ ? आचार्यले भनेका छन्, ।

यस्तो कार्यले राजनीतिक पद्धति र लोकतान्त्रिक मूल्यलाई थप कमजोर बनाउने चेतावनी उनले दिएका छन् ।

आचार्यले सत्तारूढ दलका नेता तथा सांसदहरूले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउन थालेको विषयलाई सकारात्मक रूपमा लिए पनि उनीहरूको भूमिकामाथि भने प्रश्न उठाए ।


प्रतिनिधिसभाको शुक्रबारको बैठकमा रास्वपा सांसदहरु मनिष झा, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, ज्वाला संग्रौला, बदनकुमार भण्डारी लगायतले सरकारका कामकारबाही चित्तबुझ्दो नभएको भन्दै कार्यशैली परिवर्तन गर्न भनेका थिए ।