काठमाण्डु–प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको छ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिले विश्व समुदायमाझ नेपाल पनि अतिक्रमणकारी मुलुक भएको सन्देश प्रवाह बताएको छ ।
प्रतिनिधिसभा बैठकमा सोमबार बोल्दै काँग्रेस सचेतक निष्कल राईले सार्वभौम सदनको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले तीन करोड नेपालीको शिर झुकेको बताए ।
राईले नेपालले भारतको भूमि कहाँ मिचेको हो भन्नेबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । भारतले नेपालले हाम्रो मिचिएको भूमि फिर्ता माग्यो भने कहाँको जमिन फिर्ता दिने भन्दै प्रश्न गरे । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे सदनमा उभिएरु माफी माग्नुपर्ने उल्लेख गरे ।
‘सार्वभौम संसदको रोष्ट््रममा उभिएर उहाँले बोलेको विषयमा हाम्रो ‘नोट अफ डिरेन्ट’ छ, साथै हाम्रो माग पनि छ । फेरि उहाँ यही सार्वभौम संसदको रोष्ट्रममा उभिनुपर्छ । नेपालले कहाँकहाँ भारतको जग्गा मिच्यो एक–एक इन्चको हिसाब हामीलाई दिनुपर्छ । हामीलाई हिसाब चाहिन्छ । यो राष्ट्रिय स्वाभीमानको विषय हो । राष्ट्रिय सुरक्षाको विषय हो । भोलि भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने हामीले कुन जग्गा फिर्ता दिने ?’, राईले भने, ‘नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको छ । सस्तो लोप्रियता, सदलनको गरिमा बिना यस्तो अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ ? के स्वार्थ पूर्ति गर्न खोज्दै हुनुहुन्छ ? यसको जवाफ हामीलाई प्रधानमत्रीले रोष्ट्रमबाट दिनुपर्छ । ’
राईले प्रधानमन्त्रीले नेपालले भारतको जमिन मिचेको अभिव्यक्ति दिइरहँदा सभामुख डोलप्रसाद अर्यालले हस्तक्षेप नगरेको तथा सत्तारुढ रास्वपाका सांसदले ताली बजाएकामा पनि आपत्ति जनाए । ‘हिजो यो गरिमामाय सदनको रोष्ट््रममा उभिएर हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बाँचेको विषयले मलाई मात्र होइन, करिब तीन करोड नेपालीको शिर निहुर्याएको हुनुपर्छ । रोष्ट्रममा उभिएर प्रधानमन्त्रीज्यूले भन्नुभयो नेपालले पनि भारतको जग्गा मिचेको छ’ राईले भने, ‘संसदमा रेकर्ड भएको छ र अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ । जसमा बढो गर्बका साथ सत्ता पक्षका माननीयहरुरुले बर्बर ताली पड्काउनुभयो । उहाँहरुलाई पनि मेरो प्रश्न छ । अलिकती आत्मग्लानी यहाँहरुलाई पनि हुनुपर्छ ।’
प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेशन’ सँग सम्बन्धित छ भनेकामा आपत्ति जनाए ।
। जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेशन हुन्छ ? भन्ने प्रश्न राईले गरे । रोष्ट्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रहीत विपरीत रहेको भन्दै राईले यसले हामीले भारतलाई सीमा विवादको विषयमा तथ्य प्रमाणसहित नेपालको भन्दै आएको दाबीलाई कमजोर बनाउने बताए ।
राष्ट्रिय स्वाधीनतामाथि धावा बोल्ने प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद रहेकाले संसदको रेकर्डबाट हटाउन उनले माग गरे । राईले सत्तापक्षका सांसदलाई प्रधानमन्त्रीको गलत अभिव्यक्तिको बचाउमा नउभिन पनि आग्रह गरे ।
‘प्रधानमन्त्रीको अभिव्यक्ति इतिहासमा लज्जाबोध गराउने अभिव्यक्ति हो । सत्तापक्षमा माननीयज्यूहरुलाई पनि अनुरोध छ । यस्ता राष्यट्रहीत विपरीत अभिव्यक्तिमा रफ्फु लगाउने कार्यमा कृपया दुःख नगर्नुहोला ।’
ज्नताले दुई तिहाई दिएर पठाएको पार्टीका प्रधानमन्त्रीले नागरिकको भावना राष्ट्रको सार्वभौमसत्ता बोक्न सकिरहेको छ कि छैन भन्ने आमजनताले हेरिरहेको बताए ।
उनले आफ्नो पदीय गरिमा र जिम्मेवारी पूरा नगरी गम्भीर विषयमा मौनता साँधेको भन्दै सभामुख अर्यालको भूमिकामा समेत प्रश्न उठाए ।




प्रतिक्रिया