काठमाण्डू– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद् हर्कराज साम्पाङ राईले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सिंहदरबारको कुनै भवन बनाउने जिम्मेवारी आफ्नो दललाई दिन सरकारलाई आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले आफूहरुले श्रमदानबाट जलेको भवन पुनःनिर्माण गर्ने बताए ।
‘विगतमा जेनजी आन्दोलनको क्रममा जलेका सिंहदरबारभित्रका भवनमध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुस् । हामी श्रमदान गरेर बनाउनेछौं’, उनले भने ।




प्रतिक्रिया