माछापुच्छ्रे बैंकको हकप्रद सेयर आजवाट बिक्री खुल्ला


काठमाण्डौ– माछापुच्छ्रे बैंकले हकप्रद सेयर विहिवार बिक्री खुल्ला गरेको छ । बैंकले चुक्ता पूजीको १२ प्रतिशत सेयर हकप्रद निष्काशन सुरु गरेको हो । वैंककाअनुसार प्रतिकित्ता १०० रुपैया दरको ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर बिहीबारदेखि निष्काशन सुरु हुने भएको छ ।

माछापुच्छ्रे बैंकका जेठ १५ गतेसम्म कायम सेयरधनीले एनएमबी क्यापिटलको नक्सालस्थित कार्यालय तथा माछापुच्छ्रे बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन गर्न  सक्नेछन् ।

हाल बैंकको चुक्ता पुजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूजी ७ अर्ब ३९ करोड रुपैया नाघ्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement