मोहनी लगायो घान्द्रुकले


बाल कथा
एकदिन विहान गृहकार्य गर्दा गर्दै उमेशले भन्यो “बावा मेरो साथी छ नि मान बहादुर घले स्कुलमा छुट्टी भयो कि गाउँमा जान्छ ।
फर्केर आएपछि मेरो गाउँ यस्तो छ उस्तो छ भनेर बयान गर्छ । मलाई पनि उसँग गाउँ हर्ेन जान मन लाग्यो ।”
“ए ! हो उसको गाउँको नाम घान्द्रुक हो । त्यो गाउँ त औधि रमणीय छ । म पनि गई सक्याछु ।” बावाले भने
“मलार्इर्र्किन छोडेर गा त -” उमेश अलि रिसाएर पुक्क गाला फुलायो । बावाले उसको कपाल मुसार्दै भने “तिमि भर्खर बामे र्सर्दै थियौ कसरी लग्नु त –
“अब चार कक्षामा पढ्ने ठूलो भईसके लग्नुन बावा” उसले भन्यो । ल ल वाषिर्क परिक्षा पछि जाउँला । मेहेनत गरेर पढ नि पहिला हुनर्ुपर्छ । हस् भनेर उमेश गृहकार्य गर्न थाल्यो ।

उमेसका बावाले आफ्ना साथीहरुलाई पनि पर्यटन वर्ष२०११ को अवसरमा घान्द्रुक घुम्न जाने र होमस्टेको मज्जा लिने सल्लाह दिए । उनले भने वमोजिम छोराछोरीको वाषिर्क परिक्षा पछि चैत्रको अन्तिम हप्ता घान्दुक जाने निर्ण्र्ाागरे ।
उमेस घुम्न जाने भनेपछि फर्ुर्केर मन लाएर पढ्यो । परिक्षा पनि राम्रै भयो । जाँच सकिएको भोलीपल्ट उसका बावाको साथीहरु सहित दसजनाको ग्रुप काठमाण्डौबाट घान्द्रुकका लागि प्रस्थान गरे । साँझ नयाँ पुल पोखरामा बासबसेर भोलीपल्ट विहान कोही घोडामा कोही पैदलै उकालो चढ्न थाले । उमेशलाई घोडा चढन भन्दा हिड्नै रमाइलो लाग्यो र बावासँगै हिड्यो । बाटोमा लालीगुराँसका फुल बोकेर बसेका आफु जस्तै बालवालिका देखेर उमेश दङ्ग पर्‍यो । बावाले एक मुठ्ठा गुराँसको फुल किने ।
साँझ पर्नु आगाडि नै घान्दुक घले गाउँ पुग्दा सबै थाकेर चौतारीमा थ्याच्च बसे तर उमेशलाई न थकाई नभोक । उ त नजिकै हिमाल देखेर आहा कति राम्रो भनेर रमायो । उसले मनमनै संझ्यो “त्यै भएर त मान बहादुरले प्रंससा गरेको रहेछ । अ साँच्ची उसको घर यतै कतातिर छ । छुट्टीमा उ पनि आएको होला भेट्न पाएत क्या मजा हुने थियो ।”
उमेशका बावाले बासबस्ने ठाउँको बन्दोवस्त मिलाए । होमस्टे मै बस्ने निर्ण्र्ाो सँगै आएका साथीहरु यौटै घरमा नभई छुट्टा छुट्टै घरमा बाँडिएर बसे ।
घान्द्रुक बासिको आतिथ्य सत्कार स्थानीय खाना साँस्कृतिक कार्यक्रम देखि उमेशलाई साहै रमाइलो लाग्यो । तैपनि मनले मान बहादुरलाई खोजी रहयो र बावालाई भन्यो “बावा ! मान बहादुरलाई भेट्न पाए हुन्थ्यो ।”
ए ल ल भोली बिहान सोधी खोजी गरे घर फेला पर्लानी अनि भेटौला है ।
हस् भनेर टाउको हल्लायो । “ए ! तिमीसँग फोन नं. छ उसको” बावाले फेरि सोधे अँह छैन जवाफ दिए उमेशले ।
भैगो मानिसहरुसँग सोधेर पत्ता लाउँला ।
उमेश ओछ्यानमा पल्टीए पनि कति बेला मान बहादुरसँग भेट होला भनेर मनमा कुरा खेल्यो । उसले सोच्यो “मलाई देखे पछि उ कति खुसी होला – हामी यहाँँका डाँडापाखा सबै चाहारेर खुव रमाइलो गर्नेछौ ।”
नभन्दै बिहान मान बहादुर र उमेशको भेट भयो । उनिहरु साहै खुशी भए । मान बहादुरले घान्द्रुकको वरपर सबै ठाउँ घुमाई दिए । स्वच्छ सफा हावापानी, नजिकै झलल झल्केको हिमालले सबै जनाको मन लोभ्यायो । एक हप्तासम्म बस्दा पनि उमेशको मन भरिएन । अझ बस्न मन लागे पनि कामले गर्दा बावाहरुलाई काठमाण्डौ र्फकनु पर्‍यो । केही दिन बिदा बाँकी रहेकाले मान बहादुरले भने “अंकल उमेशलाई छोडेर जानुस् म आउँदा सँगै आउँछौ ।”
उमेशले पनि “बावा ! म पछि आउँछु नि भन्यो ।”
हुन्छ तिमीहरुको खुसी नै मेरो खुसी हो बावाले भने ।
हिड्ने बेलामा बावाका एकजना साथिले भने हामीलाई घान्दु्रकले मोहनी लगायो । अहिले गएपनि पछि फेरि फर्केर आउँछौं नी । त्यो सुनेर सबै जना गलल हाँसे ।

समाप्त ।

पल्लबबाट

प्रतिक्रिया दिनुहोस
Advertisement