मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर–मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ ।

केराबारीबाट धरानतर्फ जाँदै गरेको को१ख ६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी ७० वर्षीया विष्णुमाया मगरलाई ठक्कर दिएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएकी मगरलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना केराबारी–धरान सडकखण्डमा भएको हो । घटनापछि दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका चालक सङ्खुवासभाको चैनपुर नगरपालिका–११ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय विक्रम माझी रहेको जनाएको छ ।