रौतहटको सीमावर्ती क्षेत्रमा हतियारसहित दुई नेपाली र चारजना भारतीय पक्राउ


काठमाडौं – रौतहट प्रहरीले सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा दुई नेपाली र चारजना भारतीय नागरिक प्रक्राउ गरेको छ ।

नेपाल भारत सीमावर्ती क्षेत्रको परोहा नगरपालिका मोतिपुरबाट बिहीबार राति १ बजेको समयमा प्रहरीको गस्ती टोलीले उनीहरुललाई एउटा चाइनिज पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारीको गोकुल ग्राम पञ्चायतका २२ वर्षीय कमल साह, घोडासन श्रीपुरका ३२ वर्षीय राकेश पासवान, २८ वर्षीय सन्दीप पासवान र २६ वर्षीय अवधेश चौरसिया तथा धनुषा जिल्लाको फुलबरिया गाउँपालिका १ का ३१ वर्षीय रोहित साह र काभ्रेपलाञ्चोक जिल्ला टिमालका २५ वर्षीय मनोज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेकाहरु मध्ये धेरै बाहिरका भएकाले उनीहरुले ठूलै घटनाको योजना बनाएको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीले उनीहरुले प्रयोग गरेको तीन वटा मोटरसाइकलसमेत बरामद गरेको छ । उनीहरुको साथबाट पेस्तोलसहित एक थान म्यागजिन पनि बारामद भएको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा विशेष सुरक्षा योजना अन्तर्गत जिल्ला भरीनै सुरक्षा व्यवस्था कडा पारिएको तथा सोही क्रममा सीमावर्ती क्षेत्रमासेमत निगरानी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement