कपिलवस्तु –१४ जेठ– सशस्त्र प्रहरीको गाडीको ठक्करबाट कपिलवस्तुमा तीन वर्षीय बालकको मत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–६ सेमेरीका अतिकुर रहमानका छोरा तीन वर्षीय महफुज मुसलमान रहेको प्रहरीले जनाएको छ ।
तौलिहवातर्फ जाँदै गरेको लु.प्र–०१००१ह३६७२ नम्बरको टेम्पोलाई सशस्त्र प्रहरीको गाडीले कपिलवस्तु–३ महिता चोकमा बुधबार ठक्कर दिँदा टेम्पोमा सवार बालकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते उनलाई बुटलवपिस्थत चौराहा अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा टेम्पो चालक कपिलवस्तु–३ वर्गदवाका ६० वर्षीय शिवप्रसाद चौधरी गम्भीर घाइते भएका छन् । चौधरीको भैरहवामा उपचार भइरहेको छ ।
दुर्घटनामा अन्य ८ जना सामान्य घाइते भएका थिए । उपचारपछि सबै डिस्चार्ज भइसकेका छन् । टेम्पोलाई ठक्कर दिएर भागेको सशस्त्रको गाडी र चालक फेला परेका छैनन् ।




प्रतिक्रिया