काठमाण्डु– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ ।
गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै २५ अर्ब ५३ करोड अर्थात १६.३५ प्रतिशतले वृद्धि भएको हो ।
जबकी गत आवको १० महिनामा भने एक खर्ब ५६ अर्ब १७ करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ भित्रिएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा पेट्रोलियम पदार्थहरुको आयातबाट ६७ अर्ब १९ करोड राजस्व सङ्कलन गरेको बताए ।
चालु आवको १० महिनामा १ खर्ब ५७ करोड मूल्य पर्ने ८ लाख ९५ हजार २ सय ४६ किलोलिटर डिजेल आयात भएको छ । जबकी गत आवको १० महिनामा भने ७९ करोड ५७ करोड मूल्य पर्ने ९ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो ।
३५ अर्ब ७९ करोड मूल्य पर्ने ३ लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको १० महिनामा भने ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको थियो ।
चालु आवको १० महिनामा २५ अर्ब ५४ करोड मूल्य पर्ने २४ करोड २७ लाख ३ हजार १५० किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकी गत आवका १० महिनामा भने ३० अर्ब २८ करोड मूल्य पर्ने २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास आयात भएको छ ।




प्रतिक्रिया