हिमालमा परेको असर विषय प्राथमिकतामा

हिमालमा परेको असर विषय प्राथमिकतामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले हिमालमा परेको असर न्यूनीकरणको खोजीदेखि समग्र वातावरण संरक्षण अभियानसम्मका विषयलाई प्राथमिकता दिएको छ ।

कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बुधबार काठमाडौँ बसेको तेस्रो बैठकले जलवायु परिवर्तन सचेतना उपसमिति गठन गरी हिमालमा परेको असर न्यूनीकरणको खोजीदेखिका विषय कार्यादेश तोकेको छ ।

कांग्रेस सभापति गगनकुमार थापाको प्रमुख उपस्थितिमा भएको बैठक प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको थियो ।

बैठकमा जलवायु परिवर्तनले हिमालमा पारेको असर र त्यसको न्यूनिकरणका लागि गर्नुपर्ने पहललगायत विषयमा छलफल भएको उपसभापति शर्माले जानकारी दिए ।

 यसैगरी विश्वव्यापी बढ्दो तामक्रमका कारण हिमाल पग्लिने क्रम तीव्र हुँदा जलवायुजन्य विपद्को खतरा बढेको विषयमा समेत छलफल भएको उनले बताए। उनले गत वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा सात हजार २०० मिटरमा रहेको तेस्रो क्याम्पसम्म पुगेको थियो ।

  यसैगरी बैठकमा प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहितासम्बन्धी प्रस्ताव पेस गरेको थियो । त्यस्तै यस अघिको प्रतिष्ठानको बैठकबाट चयन भएका विभिन्न उपसमितिका छ जना संयोजकहरूले आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गरेको थियो । साथै बैठकले प्रतिष्ठान प्रमुख शर्माको प्रस्तावमा विभिन्न थप सात बिषयगत उपसमिति तय गरेर संयोजक चयन गरेको छ ।