काठमाण्डू– सशस्त्र प्रहरी बल (एपीएफ) को तालिमका क्रममा ७ जवान एकाएक अचेत भएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलालीमा तालिमरत उनीहरु बिहीबार बिहान बेहोस भएका हुन् ।
जसमध्ये ५ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ ।
दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । जवानहरु बेहोस हुनुको कारण खुल्न बाँकी रहेको एपीएफले जनाएको छ ।




प्रतिक्रिया