सुन्धारामा ४५ लाखको सुन डकैती प्रकरणमा प्रविण पक्राउ


काठमाडौं– काठमाडौंको सुन्धारास्थित होटल मेजेष्टीबाट करीब ४५ लाख रुपैयाँ बराबरको सुन र नगद ११ लाख रुपैयाँ डकैती गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

गत चैत २३ मा भएको डकैतीमा संलग्न भएको आरोपमा प्रहरीले सुर्खेतको भेरीगंगा घर भइ नयाँबानेश्वर बस्दै आएका प्रविण गिरीलाई पक्राउ गरेको हो।

८ सय ८३, १ ग्राम सुन, ११ लाख नगद र दुई वटा मोबाइल ७ जनाको समूहले डकैती गरेको थियो। लुटिएको सुन सबै सिक्रिहरु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement