होन्डुरसमा ७.५ म्याग्नेच्युटको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


काठमाडौं- होन्डुरसमा क्यारेवियन समुन्द्र केन्द्रविन्दु भई ७.५ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि होन्डुरसमा सुनामीको चेतावनी समेत दिएको छ ।

 

युएस जिओलोजीकल सर्वेका अनुसार मंगलबार रातीको भूकम्पले सुनामीको चेतावनी दिएको हो । उत्तरी होन्डुरसमा मानिसको जनसंख्या अत्याधिक रहेको तर क्षतिको विवरण भने आइनसकेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

 

होन्डुरसले आफ्नो सम्पुर्ण उद्धार टोलीहरुलाई उच्च सर्तकतामा राखेको जनाएको छ । यता प्यासिफीक सुनामी वार्निङ सेन्टरले भने २ मिटर सम्मको समुन्द्री लहर आउन सक्ने अनुमान गरेको छ । भुकम्प मंगलबार राती स्थानीय समयअनुसार राती १०:३० बजे गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement