काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार आफूले देखाएको बाटोमा हिँड्न बाध्य हुने दाबी गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत् उनले विद्यार्थीलाई अनिवार्य सैन्य सेवाको अनुभव गराउनुपर्ने आफ्नो दलले घोषणा पत्रमा समावेश गरेको स्मरण गराए । सोहीअनुसार सरकारले विधेयक ल्याउन लागेको उनको भनाइ थियो ।
आफ्नो दलको घोषणापत्र कार्यान्वयन हुने गरी कानून बनाउन लागेकामा उनले सरकारलाई धन्यवाद समेत दिए ।
‘सरकार मैले देखाएको बाटोमै हिँड्नुपर्छ । हेर्दै जानु है त । विद्यार्थीलाई अनिवार्य सैन्य सेवाको अनुभव गराउनु पर्छ भन्ने हाम्रो घोषणा पत्र थियो’, उनले लेखेका छन्, ‘ त्यही सेरोफेरोमा सरकारले विधेयक ल्याउन लाग्या छ, धन्यवाद ।’




प्रतिक्रिया