४५ सय पेन्सनका लागी सोमलाल सुवेदीले यस्तोसम्म निच काम गरे


काठमाडौं । सरकारले पूर्वमुख्यसचिव सोमलाल सुवेदीको राजीनामा स्वीकृत गरेको छ । मुख्यसचिवको जागिर छोडेर सहसचिव तहको एडीबीको जागिर खान फिलिपिन्स पुगेका सुवेदीको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय समेत खारेज गरेको छ । मन्त्रिपरिषदको बिहीबारको वसेको बैठकले सुवेदीको पद अतिरिक्त समूरहमा राख्ने निर्णय खारेज गर्नुका साथै राजिनामा समेत स्विकृत गरेको हो ।

सुवेदी एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकको जागिर खान फिलिपिन्सको मनिला गइसकेका छन् ।  मुख्यसचिव सुवेदीले कार्यकाल वाकि रहदै राजिनमा दिएर एडीबीको जागिर खाने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध भएको थियो । सरकारले उनलाई यसमा सहयोग गरेको भन्दै त्यसको समेत चर्को आलोचना भएको थियो ।

एडिबीको जागिर खान् हिडेका सुवेदीले जादा जादै राजिनामा नदिई आफ्नो पदलाई अतिरिक्त समूहमा राखेका थिए । स्रोतकाअनुसार उनले त्यसो गर्नुको पछाडी तीन वर्ष सेवा गरेसरहको पेन्स बढाउनु थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement