काठमाण्डु – भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार १५ स्थानीय तहलाई तीन महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको सूचना राजपत्रमा प्रकाशित गरिएको हो।
राजपत्रमा भनिएको छ, ‘नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा ९१०ले दिएको अधिकार प्रयोग गरी नेपाल–चीन सीमानास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीका कारण प्रभावित भएका देहायका जिल्लाका देहायका स्थानीय तहलाई यो सूचना नेपाल राजपत्रमा प्रकाशन भएको मितिले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ।’
संकटग्रस्त क्षेत्र घोषण भएका रसुवाका उत्तरगया, गोसाईंकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका, नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारेश्वर गाउँपालिका छन्।
यस्तै, धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका, तनहुँको देवघाट र आँबूखैरेनी गाउँपालिका रहेका छन्।




प्रतिक्रिया