१ नम्बरको जर्सी लगाएर सन्दिपले दिल्ली डेयरडेभिल्सबाट खेल्ने


काठमाडौं- नेपाली बलर सन्दीप लामिछानलाई इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्न १ नम्वर जर्सी दिइएको छ ।

बिहीबार साँझ काठमाडौंको एक होटलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले सन्दिपले लगाउने १ नम्बरको जर्सी सार्वजनिक गरेका हुन् ।

२० लाख भारतीय रुपैयाँमा अनुवन्धित भएका सन्दिप मंगलबार आइपिएलको अभ्यासका लागि भारत जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement