काठमाण्डु– चाडबाडसँगै घुमघामको मौसम सुरु भएको छ। यससँगै नेपालको प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ। तालको मनमोहक दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक रारा पुग्न थालेका छन्।
सफा आकाश, वरपरका हरियाली डाँडा र ती डाँडाको छायाँ तालमा प्रतिबिम्बित हुँदा राराको सौन्दर्य झनै आकर्षक देखिन्छ। नीलो पानीमा तैरिएझैँ देखिने हरियाली डाँडाको दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउने गरेको छ ।

समुद्री सतहबाट करिब दुई हजार ९९० मिटरको उचाइमा अवस्थित रारा ताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। करिब १६७ मिटर गहिराइ रहेको यो ताल नेपालको सबैभन्दा ठूलो ताल हो। प्राकृतिक सौन्दर्य, शान्त वातावरण र मनमोहक दृश्यका कारण रारा पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित छ।
रारा तालको सुन्दरता देखेर राजा महेन्द्रले कविता नै लेखेका थिए । जसमा उनले तालको सुन्दरता व्याख्या गर्दै रारालाई स्वर्गकी अप्सरा अर्थात् अति सुन्दर भनेर चित्रण गरेका थिए ।

२०२० सालको अन्त्यतिर राजा महेन्द्रले रारा भ्रमण गरेपछि र कविता लेखेपछि धेरैको ध्यान तानियो । राजाले भ्रमण गरेकै कारण यो तालको नाम कुनैबेला ञमहेन्द्र तालझ राखिएको थियो ।









तस्बिर: नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया