ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोलपम्प नजिक कोशी लोकमार्गमा बिहीबार राति भएको दुर्घटनामा दुई पुरुषको ज्यान गएको हो ।

राति करिब ११ः५० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक दुवै पुरुषको पहिचान खुल्न सकेको छैन ।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।