ठमेल र दरबारमार्ग २४ घन्टा खुलाउने निर्णय रोकियो


काठमाडौं– ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने सरकारको निर्णय फेरी रोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत वैशाखमा साउन १५ देखि ठमेल र दरमार्ग २४ घण्टा खोल्न पाउने निर्णय गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे संयोजकत्वको समितिले त्यसबारमो एउटा प्रतिवेदन समेत बुझाएको थियो।

त्यस्तै गत जेठमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि वैशाख महिनाभित्र पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घन्टा खुलाउने भनाइ बताएका थिए ।  साउन १५ गतेदेखि २४ घन्टा खुलाउने तयारी भए पनि कार्यान्वायन फेरी रोकिएको छ ।

पूर्वाधारको अभावका कारण ठमेल र दरवारमार्ग २४ घन्टा खुलाउने निर्णय आजदेखि लागू गर्न नसकिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए। सबैतिर सिसिटिभी जडान नभएको र थप प्रहरी जनशक्ति समेत उपलब्ध नभएकाले सो योजना लागू हुन नसकेको प्रहरी अधिकारीहरु बताउँछन्।

सो समितिले जयनेपाल चोकदेखि सोह्रखुट्टे ओरालो हुँदै क्षेत्रपाटी चोक समेत २४सै घन्टा खुलाउन सिफारिस गरेको थियो।
जिल्ला प्रशासन कार्यालयले २४ घन्टा खुला गर्ने उक्त क्षेत्रमा रात्रिकालीन मनोरञ्जनमूलक सेवा देखी लिएर बैंक एटिएम पनि खुल्ने उल्लेख गरीएको थियो ।

सरकारले सन् २०२० लाई ‘भिजिट नेपाल इयर– २०२०’ मनाउन लागेको छ। यस्तो अवस्थामा विदेशीप पर्यटकलाई आकर्षित गर्न मुख्य बजार २४ घन्टा खुलाउनुपर्ने माग पर्यटन व्यवसायीले राख्दै आएका छन्। पर्यटकीय बजार २४ घन्टा खुलाउने निर्णय यसपटक पनि अलपत्र परेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement