साढे ३३ केजी सुन प्रकरणमा छानविन समितिको कामप्रति पूर्व प्रहरी अधिकारीले नै जनाए आपत्ति


काठमाडौं- नेपाल प्रहरीका पूर्व डीआइजी गणेश केसीले साढे ३३ केजी सुन प्रकरणमा छानविन समितिको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा एक लामो स्ट्याटस लेख्दै आफ्नो चेन अफ कमाण्डलाई विस्वासमा लिएर गरेको अनुसन्धान प्रक्रियाको छानविनको नाममा एउटा व्यवसायिक प्रहरीमाथि बुलडोजर लगाउने काम भएको आरोप लगाएका छन् ।

उनले अपराध अनुसन्धाननको अनेक टुल्सहरुमध्ये ‘अफ द ट्रर्याक’ महत्वपुर्ण टुल्सको रुपमा प्रहरीले विगतमा प्रयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा नेपाल प्रहरीलाई अनुसन्धानको संबैधानिक र कानूनी दायित्वबाट हटाउने षड्यन्त्र भएको भनि शंका व्यक्त गरेका छन् ।

प्रहरीका पुर्व प्रवक्ता केसीले यस्तो अभ्यासले फौजदारी अपराध अनुसन्धानका आगामी दिनहरुमा नेपाल प्रहरीलाई गार्हो हुने बताए । उनले भनेका छन्, ‘यस परिघटनाले फौजदारी अपराध अनुसन्धानका आगामी दिनहरुमा नेपाल प्रहरीको निम्ति कष्टकर हुनेछ । फौजदारी न्याय प्रणाली सुदृढ भएको देख्न चाहने सबैलाई चेतना भया । ’

प्रतिक्रिया दिनुहोस
Advertisement