९ लाख नगद बोकेर बैंक जाँदै गरेका कार्कीमाथि अज्ञात समूहद्वारा गोली प्रहार, अवस्था गम्भीर


धनगढी – धनगढी उपमहानगरपलिका पुरानो भन्सार रोडमा रहेको एसिसी बैंक नजिकैको चोकमा गोली प्रहारबाट एक जना गम्भिर घाइते भएका छन् ।

स्थानीय आइएमईको कार्यालयबाट ९ लाख रुपैयाँ नगद झिकेर बैंक तर्फ जम्मा गर्न जादै गरेको अवस्थामा अज्ञात व्यक्तिले निर्मल कार्कीमाथि गोली प्रहार गरेका हुन् ।

मोटरसाइकलमा आएका २ जनाले कार्कीलाई छाती र हातमा गोली हानेका छन्। घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गोली प्रहारपछि लुटेराहरु मोटरसाइकलमा भागेका छन्।

आईएमई सेन्टरदेखि नै पिछा गरेर उनलाई गोली हानिएको आशंका गरिएको छ। लुट्ने क्रममा लुटेरा र कार्कीबीच झोला तानातान भएको थियो। कसैले आफुलाई सहयोग नगर्दा लुटेराहरु भाग्न सफल भएको पीडित कार्कीले बताए। लुटेराहरुको खोजी भइरहेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement