काठमाण्डु – शहीद स्मारक ए डिभिजन लिग पुसमा हुने भएको छ । काभ्रेको धुलिखेलमा सम्पन्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को साधारण सभाले लिग पुसको पहिलो हप्तादेखि गर्नेगरी क्यालेन्डर पारित गरेको हो । यो लिग २०८३ जेठ ३१ गतेसम्म चल्नेछ ।
यस्तै पहिलोपल्ट हुन लागेको महिला फ्रेन्चाइज लिग मंसिरमा हुने छ । एन्फाको साधारण सभाले सार्वजनिक गरेको वार्षिक क्यालेन्डरअनुसार लिग मंसिर १५ गतेदेखि सञ्चालन हुनेछ ।
महिला फ्रेन्चाइज लिगमा उत्कृष्ट डिभिजनका आठ क्लबले सहभागिता जनाउने एन्फाले जानकारी दिएको छ । माघ दोस्रो हप्तासम्म चल्ने फ्रेन्चाइज लिग एन्फाले नै आयोजना गर्न लागेको हो ।
प्रतिक्रिया