म गर्भवती भएको छैन, गलत समाचारबाट टाढै रहनुस् : आँचल शर्मा


काठमाण्डु – अभिनेत्री आँचल शर्माले आफु गर्भवती भएको भन्ने समाचारको खण्डन गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्ता गलत समाचारबाट आफ्ना प्रशंसकलाई टाढै रहन आग्रह गरेकी छिन् । केहि मिडियाहरुले अभिनेत्री आँचल शर्मा गर्भवती भएको भन्ने गलत समाचार प्रकाशित गरेका थिए ।

‘पछिल्लो समय म गर्भवती भएको भन्ने समाचारहरु फैलिरहेको छ । गलत समाचारले क्षणिक रुपमा प्रचार त पाउँछ तर अन्त्यमा यो गलत सावित नै हुन्छ । म यहाँमार्फत मेरा प्रशंसकहरुका लागि भए पनि यो खुशीको खबरका लागि अझै केही वर्ष कुर्नुपर्ने जानकारी गराउँन चाहन्छु,’ उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement