हावाहुरी पीडितका लागि प्रदेश १ ले दियो एक करोड


जनकपुरधाम – बारा र पर्सामा आएको विनाशकारी आँधी पीडितका लागि प्रदेश १ सरकारले एक करोड सहयोग उपलब्ध गराएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफैं सोमबार प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाम आएर उक्त सहयोग हस्तान्तरण गरेका हुन् । उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई एक करोडको चेक हस्तान्तरण गरे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा राईले चेक हस्तान्तरण गर्दै आँधीले निम्त्याएको विपदमा आफ्नो प्रदेशले सानो सहयोग गरेर प्रदेश २ को विपतमा सबै एकजुट रहेको सन्देश दिएको बताए ।

चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश १ प्रति आभार प्रकट गरे । उनले मुलुक संघीयतामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ भएको उल्लेख गरे ।

बारा पर्सामा चैत्र १८ गते आएको आँधीले २९ जनाको मृत्यु हुनुका साथै करोडौंको धनमालको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement